नियम ५०
महानिर्देशकले रेखदेख र व्यवस्थापन गर्न सक्ने
ऐनको दफा २८ बमोजिम असूली हुने करको रेखदेख र व्यवस्थापन महानिर्देशकबाट हुनेछ । महानिर्देशकले आवश्यक देखेमा आयात भएको वस्तु वा सेवाको सम्बन्धमा अनुगमन गर्ने प्रयोजनको लागि देहाय बमोजिमको काम कारवाही गर्न कर अधिकृतलाई आदेश दिन सक्नेछः–
(क) आयात भएको माल वा वस्तुको नमूना लिई उचित र पर्याप्त किसिमबाट कर लगाइएको कुराको निश्चित गर्ने र त्यस्तो नमूना
लिएको सामान उचित समयभित्र सम्बन्धित करदातालाई फिर्ता दिने,
(ख) उचित समयमा कारोबारसँग सम्बन्धित स्थल, घर, गोदाम, पसल आदिमा प्रवेश गर्ने, निरीक्षण गर्ने, तलासी लिने तथा सम्बन्धित
व्यक्तिसँग दिने,
(ग) खरिद, बिक्री वा पैठारीसँग सम्बन्धित कागजातहरू आफ्नो कब्जामा लिने, नक्कल लिने, निरीक्षण गर्ने, हटाउने तथा सम्बन्धित करदाताको अनुरोधमा उचित देखिएमा उचित समयभित्र हटाइएका कागजातहरूको सूची र अन्य कागजातहरू फिर्ता दिने ।